धरान: आज फाल्गुनन्द जयन्तीको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको छ ।

प्रदेश सरकारले फाल्गुनन्द जयन्तीको दिन विदा दिने बारे राजपत्र र प्रदेश क्यालेण्डरमा नै उल्लेख गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव एवं प्रवक्ता कमल बहादुर थापाले आज फाल्गुनन्द जयन्तीमा प्रदेश भरी विदा दिने निर्णय सरकारले गरेर राजपत्रमा नै प्रकाशित भइसकेको बताए ।

falgunanda--bida

महागुरु फाल्गुनन्द लिङदेनको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार भएको हो । फाल्गुनन्द किराँत धर्मका महागुरु तथा समाज सुधार थिए। उनले आफ्नो जीवनको अन्तिम समयसम्म भाषा, लिपि, संस्कार संस्कृति संरक्षण तथा  समाज सुधारको लागि लागिपरेका थिए । लिङ्देनलाई सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दले विसं १९८८ वैशाख २५ गते पाँचथरमा मांसाहार र मदिरा सेवन निषेध गर्ने महत्वपुर्ण सहमति गराएका थिए ।

याताायत कार्यालय भने खुला रहने

प्रदेश सरकारले आज सार्वजनिक विदा दिए पनि यातायात व्यवस्था तथा सेवा कार्यालयहरु भने खुला नै रहने भएको छ । यातायात व्यवस्थाप निर्देशनालयले हिजो नै पत्राचार गरि यातायात व्यवस्था तथा सेवा कार्यालयहरुलाई कार्तिक २५ र २९ गते सार्वजनिक विदाको दिन पनि कार्यालय खोलेर सेवा सञ्चालन गर्न आदेश दिएको छ । निर्देशनालयको पत्र अनुसार प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले नै यस्तो निर्देशन दिएको जनाएको छ । यातायातमा सेवाग्राहीहरुको धेरै भिडभाड हुने गरेकोले मन्त्रालयले सेवा प्रवाह गर्न यस्तो निर्देशन दिएको जनाएको छ ।

falguna