धरान: कोरोना संक्रमणले तीन दिनको अन्तरमा धरान १४ विजयपुरमा श्रीमान र श्रीमतिको मृत्यु भएको छ ।
तीन दिन अघि ६७ बर्षीय वृद्धाको मृत्यु भएको थियो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट घर ल्याएको भोलीपल्ट मृत्यु भएको थियो । आज बिहान उनका ७४ बर्षीय श्रीमान्को पनि उपचारको क्रममा मृत्यु भएको धरान उपहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ‘तीन दिनअघि श्रीमतिको कोरोना संक्रमणले मृत्यु भएको थियो, आज बिहान श्रीमानको पनि मृत्यु भयो,’मेहताले भने ।
मृतकको कार्तिक २१ गते स्वाब संकलन गरिएको थियो । उनको पिसिआर रिपोर्ट २३ गते पोजेटिभ आएको मेहताले बताए । घरमा नै बसेका वृद्धलाई आज बिहान गाह्रो भएपछि करिब साढे ९ बजेतिर वीपी प्रतिष्ठान लगिएको थियो । उनको बिहान साढे १० बजे मृत्यु भएको जानकारी आएको पनि मेहताले बताए ।







