धरान: धरानको मौषम आज चिसिएको छ । तराईमा शितलहर हुँदा धरानलाई भने हुस्सुले छोपेको छ ।

मौषम पुर्वानुमान महाशाखाका अनुसार आज देशभरको तराईका धेरै जसो स्थानहरुमा हुस्सु, कुहिरो लागेको अवस्था छ । धरान ८, तीनकुनेस्थित जल तथा मौषम विज्ञान कार्यालयका सहायक मौषमविद् ए.पि.औचासियाका अनुसार आज धरानको मौषम न्युनतम १४.४ डिग्रि सेल्सियस रहेको छ । धरानको भुगोल तराईसँग मिल्दोजुल्दो भएकोले तराईको शितलहर उत्तरतर्फ सर्दै जादा हुस्सुको रुपम लिएको उनले बताए ।

‘धरानमा देखिएको कुहिरो हो, शितलहर होइन । शितलहर तराईको मौषमी गतिविधि हो । धरानमा शितलहर चल्दैन, हुस्सुकोरुप मात्र देखिन्छ,’उनले भने । चौरासियाका अनुसार यो समयमा नेपाल पृथ्वीको उत्तरी गोलार्धमा पर्ने र यो हिउँदको समयमा सुर्यको किरण दक्षिणी गोलार्धमा पर्ने भएकोले उत्तरी गोलार्धमा चिसो तथा जाडोयाम हुने गर्छ ।

hussu

चिसो बढेसँगै बालबालिका तथा वृद्धवृद्धाहरुलाई जोखिम पनि बढ्ने चिकित्सकहरु बताउँछन् । उनीहरुलाई चिसोबाट जोगाउनुपर्ने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिनका एसोसिएट प्रोफेसर डा.विजय खनालको सुझाव छ । ‘चिसोबाट त सबै जना नै जोगिनुपर्छ, तर बालबच्चा र वृद्धवृद्धाहरुलाई चै बढी जोखिम हुने भएकोले जोगाउनुपर्छ,’डा.खनालले भने,‘स्वास्थ्यको दृष्टिकोणले १० बर्ष मुनिका बालबालिका र ६० बर्ष माथिकालाई चिसोबाट जोगाउन ध्यान दिनुपर्छ ।’

उनका अनुसार चिसोले रुघाखोकी लाग्ने र निमोनिया हुने बढी सम्भावना हुन्छ । त्यसैले चिसोमा घरबाट बाहिन ननिस्कन र न्यानो कपडा लगाउन उनको आग्रछ । घरमा बस्दा पनि झ्याल, ढोका थुनेपछि अक्सिजनको कमी हुने भएकोले त्यसतर्फ पनि ध्यान दिनुपर्ने डा.खनालले बताए । साथै, आगो ताप्दा पनि सतर्कता अपनाउन उनले आग्रह गरेका छन् ।

hussu2 hussu3 hussu4 hussu6 hussu7 hussu5