धरान: चर्चित राष्ट्रिय फुटबल खेलाडी प्रकाश बुढाथोकी एसियाकै प्रतिष्ठित मानिने भारतको आइ.लिग खेल्ने भएका छन् ।

उनी भारत मणिपुरको नेरोका एफ.सि.मा अनुबन्धित भएर आइ.लिग खेल्न लागेका हुन् । आइ.लिग हाल भारतमा जारी छ । यो भारतको ए डिभिजन क्लबहरु खेल्ने राष्ट्रिय लिग हो । धरान १७, पटनाली निवासी बुढाथोकी आज नै भारत प्रस्थान गरिसकेका छन् । उनी भारत जानुअघि धरान फुटबल क्लबले विदाई तथा सम्मान कार्यक्रम गरेको थियो । धरान १२ चतरालाइनस्थित क्लबको कार्यालयमा आयोजित विदाईमा एन्फा १ नम्बर प्रदेश अध्यक्ष किसोर राई, प्रमुख अतिथि एवं क्लबका संरक्षक मिनकुमार सुब्बा, वरिष्ठ पत्रकार हर्ष सुब्बालगायत अतिथि र खेलाडीहरुले खादा लगाएर विदाई गरेका थिए । क्लबका अध्यक्षसमेत रहेका किसो राईले बुढाथोकीलाई भारु ५ हजार पनि प्रदान गरिएको थियो ।

prakash4

बुढाथोकीले आफुले ठुलो अवसर पाएकोले उत्कृष्ट प्रर्दशन गर्न हरसम्भव प्रयास गर्ने प्रतिक्रिया दिए । एजेण्टमार्फत नभै क्लबसँग सिधै सम्पर्क भएर र आफ्नो प्रोफाइल हेरेर क्लबले अनुबन्ध गरेको उनले बताए । एन्फा प्रदेश १ अध्यक्ष राईले बुढाथोकीले पाएको अवसर नेपालका अन्य खेलाडीहरुको लागि पनि प्रेरणा हुने बताए । साथै, उनले नेपालका अन्य खेलाडीहरुको लागि पनि सम्भावनाको ढोका खुलेको उनले प्रतिक्रिया दिए ।

prakash1

‘हामीले अपार खुशी पाएका छौं, अरु खेलाडीको लागि पनि सम्भावनाको ढोका खुल्छ,’उनले भने,‘प्रकाशको राम्रो प्रर्दशन भयो भने आइ.एस.एल.पनि खेल्ने मौका पाउछन् ।’ प्रमुख अतिथि मिनकुमार सुब्बा, बिशेष अतिथि हर्ष सुब्बाले पनि प्रकाशलाई शुभकामना दिदै देशको गौरव उच्च राख्न आग्रह गरेका थिए । आइ.लिग खेल्ने क्लबले ४ जना विदेशी खेलाडी खेलाउन सक्छ । ती मध्ये एक जना एसियाको खेलाडी हुनैपर्छ । प्रकाश त्यही एसियाको खेलाडी कोटामा नेरोका एफ.सि.मा अनुबन्धित भएका हुन् ।

भिडियो: 
prakash prakash3