धरान: सरकारले सोमबार ७७ जिल्लाकै भुमी सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको जिल्ला समिति गठन गरेको छ ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका जिल्लामा एक जना अध्यक्ष, एक जना विज्ञ र एक सदस्य गरि ३ जनाको जिल्ला समिति गठन गरेको हो । सोही अनुसार प्रदेश नं १ को पनि १४ जिल्लामा आयोगको जिल्ला समिति गठन गरिएको छ । सुनसरी जिल्लामा अध्यक्षमा इनरुवाका खेमराज पोखरेल छन् भने विज्ञकोरुपमा इटहरीका सुर्यकुमार राई र सदस्यमा बराहक्षेत्रका बद्रीनाथ घिमिरे छन् । अध्यक्ष पोखरेल इनरुवाका पुर्वमेयर तथा नेकपा नेता हुन् । विज्ञकोरुपमा नियुक्त राई महेन्द्र बहुमुखी क्याम्पस धरानका पुर्व क्याम्पस प्रमुख हुन् ।

सरकारले भुमिहिन दलित तथा सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन आयोग गठन गरेको हो । सरकारले यसअघि नै केन्द्रमा देवी ज्ञवाली अध्यक्ष रहेको आयोग गठन गरेको थियो । आयोगले विभिन्न जिल्लाका स्थानीय तहहरुमा भुमिहिन दलित तथा सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन सम्झौता गरिसकेको छ भने केही स्थानीय तहहरुले पुर्जा वितरणको काम पनि अघि बढीसकेको छ ।

1 3 2