धरान: धरानमा एक किसोरले झुण्डिएर आत्महत्या गरेका छन् ।
आज दिउँसो धरान १८ रत्न चोक नजिकैका १६ बर्षीय किसोरले झुण्डिएर आत्महत्या गरेका हुन् । मृतक धरानका नेकपाका नेता रेवतरणम राईको छोरा हुन् । उनी डिपोट मावि धरान १८ मा कक्षा १० मा अध्ययनरत थिए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले घटनाबारे जानकारी आएकोले प्रहरी निरीक्षकको टोली गएको बताए ।
प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार घरको आफ्नै कोठामा पंखामा झुण्डिएको अवस्थामा किसोर फेला परेका छन् । शरीरमा अन्य चोट पटक केही पनि छैन । झोलाको झुण्ड्याउने ठुलो साइजको फित्ताले पंखामा झुण्डिएको अवस्थामा भेटिएको ओलीले बताए ।







