धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निःशुल्क पार्किङ क्षेत्रबाट तार काटेर मोटरसाइकल चोरी गर्ने प्रयास गर्दागर्दै २ जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झुम्का निवासी आकाश चौधरी र अनिमेष चौधरी रहेका छन् । उनीहरुलाई प्रतिष्ठानको सेक्युरिटी गार्डले पिलासले मोटरसाइकलको तार काटेर स्टार्ट गर्ने प्रयास गरिरहदा रंगेहात पक्राउ गरेको हो । भिआईपी सेक्युरिटी सर्भिसका निर्देशक टेक लोहनीका अनुसार पक्राउ परेका दुवैलाई प्रहरीको जिम्मा लगाइएको छ । उनीहरुले को ३५ प १२८९ नम्बरको पल्सर मोटरसाइकलको तार काटेर चोरी गर्ने प्रयास गरेका थिए । पक्राउ परेकामध्ये आकाश पहिला मोटरसाइकल वर्कसपमा काम गरेको खुलेको छ ।

bike2

सेक्युरिटी गार्डका अनुसार आकाश चौधरीले मोटरसाइकलको तार काटिसकेर स्टार्ट गर्ने प्रयास गर्दै थिए । उनीहरुको हाउभाउ हेर्दा शंका लागेपछि सेक्युरिटी नजिक गएर मोटरसाइकल आफ्नो हो कि होइन भनेर सोधपुछ गरेको थियो । त्यसलगत्तै अनिमेष भग्न सफल भएका थिए भने आकाशलाई तत्कालै गार्डले पक्राउ गरेको थियो । भागेका अनिमेषलाई पनि गार्डहरुले मानसिक वार्ड क्षेत्रबाट पक्राउ गर्न सफल भएको थियो ।

भिडियो:

bike3 bike4