धरान: १११ औ अन्तरराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा धरानमा आज वृहत रक्तदान कार्यक्रम सुरु भएको छ ।

“नेतृत्वमा नारी कोभिडको सन्सारमा समान भबिष्यको प्राप्ती ” भन्ने मुल नाराका साथ महिला सन्जाल धरानले रक्तदान कार्यक्रम आयोजना गरेको हो । भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा आयोजित रक्तदानमा विभिन्न विभिन्न संध सस्थाका प्रतिनिधि, सुरक्षाकर्मीलगायत शुभेच्छुकहरुको सहभागिता रहेको छ ।

धरानकी अग्रणी समाजसेवी सरला कायस्थको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमको उद्देश्य रगत अभावका कारण अकालमा ज्यान गुमाउनु नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको सन्जालकी अध्यक्ष चेतना श्रेङले बताइन् । रक्तदानमा हजार पिन्ट रगत संकलन गर्ने लक्ष्य राखिएको छ ।

blood8blood blood1 blood2 blood4 blood5 blood7 blood6 blood3