धरान: आज बिहानैदेखि धरानमा बर्षा भइरहेको छ । 

कोभिड १९ महामारीको दोस्रो लहरको चपेटामा सुनसरी जिल्ला पनि परेपछि आजदेखि जिल्ला प्रशासन कार्यालयले निषेधज्ञा लागु गरेको छ । निषेधाज्ञाको पहिलो दिन बर्षा भइरहेकोले पनि मुख्य बजार, चोकतिर मानिसहरुको चहलपहल खासै छैन । किनमेल गर्नको लागि मात्र सर्वसाधारणहरु आउजाउ गरिरहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले भने, 'बिहानैदेखि पानी परिरहेकोले चहलपहल छैन । बजार क्षेत्रमा अहिल अहिल पसलहरु खुलेका छन् । '

rain2

आज बिहानै एक चरण धरानबाट गाडीहरु छुटेको छ । धनकुटामा निषेधज्ञा छैन भने झापामा पनि आज मध्यरातीदेखि मात्र निषेधाज्ञा लागु हुनेछ । यस्तै, मोरंगको विराटनगर महानगरपालिकालगायत ३ स्थानीय तहमा पनि आज मध्यरातीदेखि मात्र निषेधाज्ञा लागु हुने भएकोले बिहानै केही गाडीहरु ती जिल्लातर्फ गएको प्रहरी निरीक्षक ओलीले बताए । 'गाडीहरु पनि ज्यादै पातलो छ । यात्रुहरु पनि ज्यादै न्युन छन् । सबैले मापदण्ड पुरा गरेर नै चलाएका छन्,'उनले भने ।

budha-chowk-rain

सुनसरीमा आजदेखि बैशाख २४ गतेसम्म निषेधाज्ञा लागु भएको हो । यो अवधिमा सवारीसाधनहरु जोर विजोर प्रणालीमा चल्नेछ । जोर गतेको दिन जोर र विजोर गतेको दिन विजोर नम्बरका सवारी चल्नेछन् । औषधी तथा स्वास्थ्य सामग्रीका पसलहरु चौबिसै घण्टा खुला हुनेछ भने अन्य पसलहरु बिहान ६ बजेदेख बिहान ११ बजेसम्म मात्र खोल्न पाइनेछ । होटलहरु भने बिहान८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ । 

bhau-rain

rain6

rain5

rain1

rain4

rain7

rain