धरान: कोरोना संक्रमण तीब्रदरमा फैलदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले आजदेखि लागु हुने गरि जारी गरेको लकडाउन गरेको छ । 

बैशाख ३१ गते राती १२ बजेसम्मको लागि प्रशासनले जिल्लाभर लकडाउन जारी गरेको हो । यो अवधिमा अत्यावश्यक सेवाबाहेक अन्य सबै प्रकारका सवारीसाधनहरु सञ्चालनमा बन्द गरिएको छ भने खाद्यान्न, तरकारीका पसलहरु पनि बिहान १० बजेसम्म मात्र खोल्न अनुमति दिइएको छ । सर्वसाधारणहरुलाई पनि बिहान १० बजेसम्म मात्र स्वास्थ्य सुरक्षा अपनाएर खाद्यान्न तथा तरकारी खरिद गर्न छुट दिइएको छ । 

IMG_86614

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बिहान खाद्य सामग्री तथा तरकारी किनमेल गर्नेहरुको चहलपहल भए पनि १० बजेपछि अनावश्यक हिडडुल गर्नेलाई कडाई गर्ने बताएका छन् । अनावश्यक हिड्नेलाई नियन्त्रणमा लिएर राख्ने डिएसपी बस्नेतले बताए । उनले भने,‘१० बजेसम्म खाद्यान्न किनमेलमा हिडेकाहरुको चहलपहल छ । अनावश्यक सवारीसाधनलाई होल्ड गर्ने, सम्झाई बुझाइ गर्नेगरिरहेका छौं । १० बजेपछि अनावश्यक हिडडुल गर्नेलाई नियन्त्रणमा लिन्छौं ।’

lockdown-dharan

lock-down-dharan3

lock-down-dharan6

lock-down-dharan2

lock-down-dharan10

lock-down-dharan8

lock-down-dharan5

lock-down-dharan7

lock-down-dharan4

lock-down-dharan17

lock-down-dharan13

lock-down-dharan11

lock-down-dharan9