धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षसँगको वार्तामा उपकुलपति डा.ज्ञानेन्द्र गिरी रक्सी पिएको असामान्य अवस्थामा भेटिए पछि तनावग्रस्त बनेको छ ।

दिउँसो ३ बजे संयुक्त संघर्ष समितिलाई वार्तामा बोलाएका उपकुलपति डा.गिरी मादक पदार्थ(रक्सी) पिएको जस्तो असामान्य अवस्थामा बोल्न थालेपछि संघर्ष समितिले वार्ता छोडेको थियो । वार्तामा बोलाएर रक्सी पिएर उपकुलपति आएको र अन्य पदाधिकारीहरु रमिते बनेको भन्दै आन्दोलनरत चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरु आक्रोशित छन् । उनीहरुले उपकुलपतिसहित वार्तामा सहभागी अन्य पदाधिकारीहरुलाई वार्तास्थलबाट निस्कन दिएका छैनन् । उपकुलपतिलाई सेक्युरिटी कम्पनी भिआइपीको गाडीमा भगाउन लाग्दा पनि आन्दोलनकारीहरुले रोकेका थिए ।

vc bp1

वार्तामा अस्पतला निर्देशक डा.गौरीशंकर साह सहभागी थिएनन् । उपकुलपति डा.गिरीसँगै रेक्टर डा.गुरुप्रसाद खनाल, रजिष्ट्रार डा.मोहनचन्द्र रेग्मी, अस्पताल डेपुटी उपनिर्देशक डा.दिव्यराज मिश्र, सहायक अस्पताल निर्देशक डा.प्रमोद वराल सहभागी थिए । आक्रोशित आन्दोलनकारीहरुले उपकुलपतिको मेडिकल जाँच गर्नुपर्ने भन्दै नाराबाजी गरिरहेका छन् भने उपकुलपतिसहित चारै जना पदाधिकारीहरुको राजिनामा वा बर्खास्त नभएसम्म आन्दोलन नरोकिने संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले बताए।

भिडियो: