धरान:रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार बिहान वृक्षारोपण गरेको छ । 

प्रतिष्ठान हाताभित्रको खाली जग्गालाई हरियाली बनाउने तथा वातावरण संरक्षण गर्ने उद्देश्यले रोटरीले वृक्षारोपण गरेको जनाएको छ । धरानका मेयर तिलक राईको प्रमुख आतिथ्यमा प्रतिष्ठान क्षेत्रमा ५ सय ५५ वटा विभिन्न १२ प्रजातिका विरुवाहरु रोपिएको रोटरीका अध्यक्ष तुलसीप्रसाद वस्तीले जानकारी दिए । उनका अनुसार मलेसियन मसला, सिरिस, जामुन, अमला, सजिवनलगायत विभिन्न प्रजातिका विरुवाहरु रोपिएको छ ।

मेयर राईले पनि विरुवा रोपेका थिए । यस्तै, प्रतिष्ठानका पुर्वशिक्षाध्यक्ष प्रा.डा.बिक्रम श्रेष्ठ, प्रदेश वन निर्देशनालयका प्रमुख रविन्द्र महर्जन, प्रतिष्ठानका डाक्टर विजय खनाललगायत वृक्षारोपण कार्यक्रममा सहभागी थिए । ‘वातवारणमा प्रतिदिन ह्रास हुदै गएको कारण रोटरीले वातावरणलाई संरक्षण गर्न वृक्षारोपण गरिएको हो । रोटरी इन्टरनेशनले पनि ग्रिनरीलाई फोकस गरेको छ,’अध्यक्ष वस्तीले भने।

rotary

कार्यक्रमका संयोजक गोपाल श्रेष्ठले विरुवाहरुलाई हुर्काउन पनि ध्यान दिइने बताए । उनले जनशक्ति राखेर भएपनि जसरी पनि विरुवा हुर्काउने बताए । ‘जनशक्ति राखेर पनि हुर्काउछौं । कुनै विरुवा मर्यो भने पनि विरुवा थपेर पनि हुर्काउछौं,त्यतिकै छोड्दैनौं,’उनले भने । वृक्षारोपणमा रोट्रयाक्ट क्लब अफ धरान घोपा, इन्ट्रयाक्ट क्लब अफ विष्णु स्कुल, इन्ट्रयाक्ट क्लब अफ डिपिएस स्कुलका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । 

rotary1

rotary3

rotary5

rotary2

rotary6

rotary9

rotary10

rotary7

rotary8

rotary11

rotary12

rotary13