धरान: पक्षघात भएर थला परेका धरान १७ विजुवा मार्ग निवासी मनबहादुर राईको उपचारको लागि धरान १७ समाज हङकङले आर्थिक सहयोग गरेको  छ । 

समाजले राईको उपचारको लागि ९६ हजार रुपैया सहयोग गरेको हो । शुक्रबार उक्त रकम धरान १७ का जनप्रतिनिधि सुवास वर्देवा, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र धरान हङकङ मञ्चका अध्यक्ष नारद राईले विरामीका छोरी रानीका राईलाई हस्तान्तरण गरेका छन् । 

आर्थिक अवस्था कमजोर रहेका राईको ४ वर्ष अघि पक्षघात भएपछि बाँया पटिको भाग चल्दैन । सुकुम्वासी बस्तीमा रहदै आएका उनको उपचारको क्रममा करिव चार लाख रुपैया खर्च भइसकेको छोरी रानीकाले बताइन् । धरानमा रहेको समाजका सदस्य देवकुमार राई र वडाध्यक्ष मनोज भट्टराईले सहयोगका लागि समाजलाई पत्रमार्फत आग्रह गरेपछि समाजले आप्mनो सदस्यहरु मार्फत सहयोग रकम संकलन गरि पठाएको समाजको धरान प्रतिनिधि सतिस केसीले जानकारी दिए ।

       हाल हङकङमा वस्दै आइरहेका धरानको वडा नं १७ निवासीहरुको समुह मिलेर धरान १७ समाज हङकङ स्थापना गरिएको हो । समाजले विभिन्न क्षेत्रमा समाजिक कार्य गर्दै आइरहेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा १७ न. वडाकार्यलय सचिव शिसिर श्रेष्ठ, वडा प्रहरी कार्यलयका असई विवि दाहाल, गोधुलि क्लवका सचिव युवराज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।