विराटनगर: विराटनगर महानगरपालिका वडा नं १२ स्थित संगम गीत गजलमा जुवाजन्य तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुबाट प्रहरीले २ लाख ३१ हजार २४० रुपैया पनि वरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ पर्नेहरुमा सञ्चालक विमल मुखिया, विराटनगर ११ का १८ बर्षीय विरेन सहनी, वडा १२ का २६ बर्षीय राहुल सहनी, वडा २ का ३१ बर्षीय भुवन कालाखेती, वडा ११ का ३० बर्षीय राजन पौदार, वडा २ का ४८ बर्षीय दिनेश सत्रा, वडा ८ का ३४ बर्षीय सुवोध पासवान र वडा ११ का २२ बर्षीय अजय सहनी रहेका छन् ।
यस्तै, वडा ११ का ४० बर्षीय सन्तोष कार्की, वडा १४ का ५१ बर्षीय बलबहादुर कोइराला, वडा ६ का २८ बर्षीय रञ्जित सिंह र कटहरी गाउँपालिका १ का ३५ बर्षीय सवध नारायण चौधरी रहेका छन् । पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिनको म्याद थप गरि अनुसन्धान कार्य भइरहेको मोरङ प्रहरी प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।







