धरान: करिब तीन महिना अघि खुकुरी प्रहार गरि फरार रहेका धरानका दुई युवा पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धरान १३ का २० बर्षीय तोरी भनिने बिकेश रुम्बा तामाङ र गम्बो भनिने १९ बर्षीय समिर तामाङ रहेका छन् । उनीहरुलाई शुक्रबार पक्राउ गरेर सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुवैविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । 

प्रहरीका अनुसार घटना गत बैशाख २८ गते साढे ३ बजेको हो । धरान १६ स्थित नौलो बस्तीमा विकेश तामाङसहितको समुहले निशान राई र आशिष श्रेष्ठलाई खुकुरी प्रहार गरि गम्भीर घाइते बनाएका थिए । घटना पछि उनीहरु फरार रहेको प्रहरीले जनाएको छ ।