धरान: धरानमा फेरि नयाँ ट्रि हाउससहितको होटल एण्ड लज खुलेको छ । 

धरानको वडा नं १३ स्थित सारङ्गा डाँडमा नयाँ ट्रि हाउस होटल एण्ड लज खुलेको हो । कोशी राजमार्ग अन्तर्गत धरान( भेडेटार सडक खण्डमा सारङ्गा डाँडामा धरान बजारको दृष्य हेर्नका लागि चर्चित छ । सोही स्थानमा खुलेको उक्त ट्रि हाउस एण्ड लजको शुक्रबार एक कार्यक्रमकाबीच धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेले रिबन काटेर उद्घाटन गरेका छन् । 

उक्त ट्री हाउस धरानका युवा व्यवसायी नरहरि तिम्सिनाले ४० लाख भन्दा बढीको लगानी गरेर सञ्चालनमा ल्याएका हुन् । एक दशकदेखि होटल व्यवसायमा रहेका उनले पर्यटकीयस्थल भएकोले पर्यटकहरुलाई आकर्षित गर्न होटल सञ्चालन गरेको बताए । उनले दुई वटा छतिवनको रुखमा तीन तल्ले फलामको सपोर्ट हालेर खान, बस्न र दृष्यवलोकन गर्न मिल्ने गरि ट्रि हाउस बनाएका छन् ।

भिडियो:

   प्रमुख अतिथि रहेका वडाअध्यक्ष काफ्लेले पर्यटकहरुलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिन व्यवसायीहरुलाई आग्रह गरे । उनले खाना र बस्नको लागि पाहनाहरुलाई सन्तुष्ट हुने गरि सत्कार गरेमा फेरि पनि दोहोरिएर आउने भन्दै त्यसै अनुसार व्यवहार र सत्कार गर्न आग्रह गरे । पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि राईले लकडाउनको बेला पनि लगानी थप गरेर मुलुकलाई समृद्धिको यात्रामा अघि डोर्याउन योगदान पुगेको भन्दै शुभकामना व्यक्त गरेका थिए । सञ्चालक तिम्सिनाका अनुसार ६ वटा सुविधा सम्पन्न लज छन् भने रेष्टुरेष्ट पनि सञ्चालनमा रहेको छ । 

tree3

tree2

tree5

tree4