धरान: अत्यधिक खाल्डाखुल्डीको कारण दुर्घटनाको जोखिम बढेको भन्दै मर्मत गर्नुपर्ने चौतर्फी माग र दबाब पछि धरान उपमहानगरपालिकाले वीपी प्रतिष्ठान पुग्ने धनकुटे रोडको खाल्डाखुल्डी पुर्न थालेको छ ।

उपमहानगरपालिकाको योजना शाखाले ५ लाख बजेट छुट्याएर खाल्डाखुल्डी पुर्ने गर्ने कार्य शुरु गरेको हो । एम्बुलेन्ससहित दैनिक सयौं सवारीसाधनहरु उपचारको लागि यही बाटोबाट वीपी प्रतिष्ठान जाने गर्छन् । तर, सडक अत्यधिक खाल्डाखुल्डी भएकोले समस्या हुने गरेको थियो । केही साताअघि खाल्डाखुल्डी पुर्न माग गर्दै सवारी चालकहरुसहित अभियन्ताहरुले उपमहानगरपालिकामा ज्ञापन पत्र पनि बुझाएको थियो । 

dhankute-road1

उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले ५ लाख रुपैयाँ बजेट छुट्याएर कालोपत्रे गर्नु अघि खाल्डाखुल्डी पुर्ने काम आजबाट थालिएको जानकारी दिए । उनले अन्य स्रोतबाट पिच गर्ने योजना पनि बनाउने बताए । कालोपत्रे गर्नका लागि ५ लाखभन्दा बढी बजेट टेण्डरको प्रक्रियामा जानुपर्ने भएकोले करिब २ महिना प्रक्रियामा लाग्ने ईञ्जिनियर श्रेष्ठले बताए ।