धरान: धरान उपमहानगरपालिकाको नगर कार्यपालिका बैठक शुरु भएको छ । 

यो बैठकले धरानमा विद्यालय सञ्चलान गर्ने बारे निर्णय गर्ने बताइएको छ । साथै, निजी तथा संस्थागत विद्यालयहरुको शुल्कबारे पनि बैठकको एजेण्डा रहेको छ । कार्यपालिका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणीराम राईले बैठक जारी रहेको र विभिन्न एजेण्डाहरुमा छलफल भइरहेको बताए । ‘बैठक भइरहेको छ, विद्यालय खोल्ने र शुल्क कति तोक्नेबारे पनि एजेण्डा छ,’उनले भने ।

धरानमा असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी गरिएको छ । सोही अनुसार आजको कार्यपालिका बैठकमा निर्णय गर्न एजेण्डा लगिएको हो । यस्तै,नयाँ शैक्षिक सत्र शुरु भएको ३ महिना बितिसक्दा पनि निजी विद्यालयको शुल्कबारे निर्णय गर्न नसक्दा मनोमानी शुल्क असुली हुन थालेपछि स्थानीय सरकारलाई शुल्क तोक्नुपर्ने चौतर्फी दबाब छ । आजको बैठकले निजी विद्यालयहरुको शुल्क पनि निर्धारण गर्नेछ । यसैगरि, धरानको बजार क्षेत्रमा यातायात सञ्चालन वान वे गर्नेबारे पनि बैठकमा एजेण्डा राखिएको छ ।