धरान: आज असोज १ गते विश्वकर्मा पूजा । धरानको तीनकुनेस्थित कोशी राजमार्गसँगै निर्माण भएको विश्वकर्मा मन्दिर र शनि मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको घुँइचो छ । 

आज खास गरि कालिगडहरुले विश्वकर्माको पूजा आराधना गर्ने गर्छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मुर्ति एवं तस्बिरमा पूजा आराधाना गर्ने चलन छ । कोरोना संक्रमणको कारण गत बर्ष भने यो पूजा प्रभावित थियो । यसपाली पनि संक्रमणको जोखिम कम भइसकेको छैन, तर विगतमा जस्तो संक्रमण दर पनि उच्च छैन । त्यसैले आज विश्वकर्मा मन्दिरमा पूजा गर्नेहरुको भीड छ । 

biswokarma112

यहाँ खास गरि आफ्ना सवारीसाधनहरुलाई लगेर पूजा गर्ने चलन छ । नयाँ खरिद गरेको सवारी साधनहरुलाई जुनसुकै समयमा पनि विश्वकर्मा मन्दिरमा लगेर पूजा आराधाना गर्ने गरिन्छ । तर, असोज १ गते विश्वकर्मा पूजा नै हुने भएकोले यो दिन बिशेष महत्व हुन्छ । 

biswokarma1

biswokarma4

biswokarma7

biswokarma3

biswokarma9

biswokarma111

biswokarma5

biswokarma18

biswokarma12

biswokarma6