धरान: धरानमा निर्माणाधिन एक घर विजुलीको तार छुँदा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । 

धरान १५ स्थित हिुन्दुपति लुप बाटोमा घर बनाउदै गरेका एक मजदुरले लच्किएको विजुलीको तार छोएपछि करेन्ट लागेर मृत्यु भएको जानकारी आफुले पाएको वडा नं १५ का अध्यक्ष नरेश इवारमले जानकारी दिए । उनका अनुसार तार लच्चिएको कारण वडामा निवेदन पनि आएको थियो । उक्त निवेदन आएपछि वडाले सिफारिश गरेर विजुली अफिसमा पठाइदिएको पनि अध्यक्ष इवारमले बताए । हिन्दुपति लुप बाटोमा घर बनाउदै गर्दा विजुलीको तारमा भेटेर कामदारको मृत्यु भएको हो, अध्यक्ष इवारमले भने, तार लच्चिएको थियो । वडामा निवेदन आए पछि मैले विजुली अफिसमा सिफरिश गरेर पठासकेको थिएँ । 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले मृतक ३९ बर्षीय कृष्णबहादुर कटवाल हुन् । राजकुमार लिम्बुको घरमा प्लष्टर गर्ने क्रममा करेन्ट लागेको जानकारी आएको उनले बताए ।  मृतकको शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरीमा राखिएको छ । डिएसपी कुँवरले भने, 'प्लष्टर गर्दा गर्दै झट्का लगेर भुँइमा खसेको भन्ने छ । करेन्ट लगेको हो कि के हो पछि अनुसन्धानबाट थाह हुन्छ । बेहोस भएर वीपीमा लगेको उपचारको क्रममा मृत्यु भएको छ ।'