धरान: धरान उपमहानगरपालिका वडा नं १७ स्थित रेल्वे चोकमा आगलागी भएको छ । 

आज (आइतबार) राती करिब सवा ८ बजे रेल्वे चोकस्थित मोवाइल पसलमा आगलागी भएको हो । चोकको दक्षिणतर्फ रहेको शम्भु श्रेष्ठको मोवाइल एण्ड ल्यापटप सेल्स एण्ड सर्भिस सेन्टरबाट आगलागी शुरु भएको बताइएको छ । आगलागीले उक्त पसलमा धेरै क्षति पुगेको छ ।

यस्तै, उक्त पसलसँगै जोडिएको माया भुजेलको खाजा घर र रेवत राईको अर्को मोवाइल पसलमा पनि आगोलागीले क्षति भएको छ । स्थानीयको प्रयासमा आगो नियन्त्रणमा आइसकेको छ । उपमहानगरपालिकाको दमकल भने आगो नियन्त्रणमा आइसकेपछि पुगेको थियो । क्षतिको पुर्ण विवरण आउन बाँकी छ । 

railw5


rail3

rail2

rail1

railw5

rail