धरान: तराई मधेश क्षेत्रमा धुमधामले मनाइने जितिया पर्वको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यले शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री आचार्यले आज एक सन्देश जारी गर्दै सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायु र प्रगतिको कामना गरेका छन् । मुख्यमन्त्री आचार्यले भौगोलिक, सास्ँकृतिक, जातिय, धार्मिक तथा भाषिक विविधतालाई एक आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता एवं साझा नेपालीको पहिचानलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

यो पर्व तराई मधेशमा मातृवात्सल्य एवं स्नेहको अनुपम प्रतिक, सन्तानको दीर्घ जीवन तथा पारिवारिक सुख शान्तिका लागि मनाइने गरिएको छ । जीवित्पुत्री, जिउतिया वा जिमुतवाहन नामले पनि यो पर्व चिनिन्छ । यो पर्व बिशेषः आदिवासी थारु तथा तराईबासीहरुले हर्षोल्लासका साथ मनाउछन् । यो पर्वले नेपालीहरु बीचको सामाजिक सद्भाव, सहिष्णुता तथा सहकार्यलाई अझ दिगो बनाउदै आर्थिक, सामाजिक विकासलाई गति दिदै समृद्ध राष्ट्र निर्माणको साझा राष्ट्रिय संकल्प पुरा गर्न प्रेरणा प्राप्त हुने कामना पनि मुख्यमन्त्री आचार्यले गरेका छन् । 

jitiya-p