विराटनगर: चोरी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय भए पनि फरार रहेका धरानका २ सहित तीन जना पक्राउ परेका छन् ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार चोरी मुद्दामा मोरङ जिल्ला अदालतबाट कैद सजाय सुनाइएका धरान १५ का ३८ बर्षीय गणेश गौतम र ४० बर्षीय गंगा तामाङ पक्राउ परेका हुन् । उनीहरुलाई प्रदेश प्रहरी कार्यालयको आरआइटी समुहले पक्राउ गरि अदालतमा बुझाए पछि कैद भुक्तानको लागि कारागार चलान भएको जनाएको छ । पक्राउ परेका दुवैलाई अदालतले २०६२ बैशाख २७ गते २ बर्ष १० महिना १८ दिन कैद जरिवानाको फैसला गरेको थियो । दुवैलाई अदालतले कैद पैmसला गरेपनि हालसम्म फरार सुचीमा थिए । उनीहरुलाई आरआइटी समुहले घरमै लुकीछिपी बसिरहेको अवस्थामा असोज ११ गते पक्राउ गरेको जनाएको छ । 

यसैगरि, चोरी क्यान मुद्दामा मोरङ अदालतबाट कैद सजाय सुनाए पनि भुक्तान गर्न बाँकी रहेका विराटनगर ६ झरना चोकका २४ बर्षीय आकाश साहलाई पनि पक्राउ गरेको छ । उनलाई २०७६ कार्तिक २६ गते अदालतले ३ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको थियो । उनको लगत नं. ५३९ मा कैद जरिवाना बेरुजु रहेको देखिए पछि पक्राउ गरेर अदालतमा दाखिला गरि कैद भुक्तान गर्न कारागार चलान गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।