विराटनगर: विराटनगरका व्यापारीलाई धाकधम्की दिदै रकम माग गर्ने २ जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार विराटनगर महानगरपालिका १२ का २७ बर्षीय शम्भु पासवान र वडा ११ का २८ बर्षीय अजय पासवान पक्राउ परेका हुन् । उनीहरुलाई नगद १० हजार र रकम माग गर्न प्रयोग भएको २ थान मोवाइलसहित विराटनगर १० स्थित बसपार्कबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । 

प्रहरीका अनुसार पक्राउ परेका दुवैले स्थानीय व्यवसायीहरुलाई धाकधम्क्ी दिएर रकम असुली गरेका थिए । दुवै जनालाई मोरङ जिल्ला अदालतबाट अपराधिक लाभ लिएको कसुरमा ५ दिनको म्याद थप भई अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।