धरान: ६६ औं प्रहरी दिवसको अवसरमा बुधबार संघीय इकाई प्रहरी कार्यालय धरानले अमर प्रहरीका परिवारका सदस्यहरुलाई सम्मान गरेको छ । 

धरान १३ स्थित कार्यालय परिसरमा आयोजित कार्यक्रममा कार्यालयका प्रमुख एवं एसएसपी गोविन्दकुमार साहले अमर परिवारका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान व्यक्त गरेका थिए । कर्तव्यपालनको क्रममा खटिदा ज्यान गुमाएका प्रहरीका परिवारजनलाई सम्मान गरिएको हो । कार्यालयका अनुसार ३२ जना अमर प्रहरी परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो । 

police-day5

त्यसअघि, कार्यालय परिसरमा स्थापना गरिएको अमर प्रहरी स्मारकमा प्रमुख अतिथि एवं धरानका मेयर तिलक राई, बिशिष्ट अतिथि एवं उपमेयर मञ्जु भण्डारी सुवेदी, सुनसरीका प्रजिअ उमेशकुमार ढकालसहित अतिथि एवं प्रहरी, पुर्वप्रहरी, अमर प्रहरीका परिवारजनहरुले पुष्पहार चढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए । त्यसक्रममा कतिपय अमर प्रहरीका परिवारका सदस्यहरुको आँखा आँशुले भरिएको थियो । कार्यक्रममा कार्यालयका एसपी भिमबहादुर दाहालले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुभकामना सन्देश वाचन गरेका थिए । 

उत्कृष्ट कार्य गर्ने प्रहरी पुरस्कृत

police-day24

प्रहरी दिवसकै अवसरमा आयोजित समारोहमा विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने प्रहरीहरुमा ईलाका प्रहरी कार्यालय पकलीमा कार्यरत प्रहरी निरीक्षक प्रकाश श्रेष्ठ, संघीय प्रहरी इकाई कार्यालय धरानमा कार्यरत प्रहरी नायक निरीक्षक भीमबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रसनि दुर्गा प्रसाद घिमिरे, प्रसनि विश्वनाथ यादव, प्रहरी हवल्दार धनबहादुर दरै, संघीय प्रहरी इकाईमा कार्यरत प्रहरी हवल्दार उर्मिला श्रेष्ठ, प्रहरी हवल्दार विरेन्द्र बहादुर पिठाकोटे मगर र जिल्ला प्रहरीमा कार्यतर प्रहरी हवल्दार विजयकुमार यादव रहेका छन् ।

यसैगरि, नेपल पुलिस स्कुल धरानमा कार्यरत प्रहरी जवान भानुभक्त बास्तोला, संघीय प्रहरी इकाईमा कार्यरत जवान प्रदिप पाण्डे, जवान सुमित्रा खवास, जवान चन्द्रबहादुर धिमाल र सशस्त्र प्रहरी गुल्म धरानका जवान विवश लिम्बु पुरस्कृत भएका छन् । पुरस्कृत भएका प्रहरी कर्मचारीहरुलाई सुनसरीका प्रजिअ उमेश ढकालले पुरस्कार वितरण गरेका थिए ।

एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने प्रहरीका छोराछोरी पनि पुरस्कृत

police-day28

प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कल्याण कोषबाट दिइदै आएको एसईई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने वहलवाला प्रहरी, पुर्व प्रहरी तथा अमर प्रहरीका परिवारका जेहेन्दार छोराछोरीहरुलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ । सुनसरी जिल्लामा छनौट भएका ज्योति मावि इटहरीबाट एसईईमा ३.९६ जिपिए ल्याउन सफल प्रहरी नायब निरीक्षक डम्बरबहादुर दनुवारकी छोरी युनिका दनुवार छात्रवृत्तिबाट पुरस्कृत भएकी छिन् । 

यस्तै, ४ जिपिए ल्याएका प्रसनि एकनाथ खतिवडाका छोरा सौगान खतिवडा, ४ जिपिए ल्याएका प्रसनि रुद्रबहादुर खड्काकी छोरी अरुणा खड्का, नेपाल पुलिस स्कुल धरानबाट ३.९० जिपिए ल्याएका प्रहरी हवल्दार कुमार राईकी छोरी श्रीयंका राई, पुलिस स्कुलबाटै ३.८० जिपिए ल्याएका प्रहरी हवल्दार उर्मिला अधिकारीका छोरा उज्वल कार्की, गोदावारी स्कुल इटहरीबाट ३.८० जिपिए ल्याएका प्रहरी हवल्दार टेकबहादुर श्रेष्ठका छोरा कुशल श्रेष्ठले पनि छात्रवृत्ति पाएका छन् । उनीहरुलाई धरानकी उपमेयर मञ्जु भण्डारी सुवेदीले छात्रवृत्ति वितरण गरेकी थिइन् ।

police-day29

यस्तै, सोही कार्यक्रममा नेपाल पुलिस स्कुल धरानले आयोजना गरेको अन्तर विद्यालय वत्तृत्वकला प्रतियोगितामा प्रथम भएका पब्लिक स्कुल धरानमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रोशन सुवेदी र दोस्रो भएका नेपाल पुलिस स्कुलमा कक्षा ९ का विद्यार्थी अदित दासलाई पनि पुरस्कृत गरिएको थियो । प्रथम भएका सुवेदीले नगद ५ हजार र दोस्रो भएका दासले नगद ३ हजार पुरस्कार पाएका छन् ।

प्रहरीलाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई कदर पत्र

police-day20

प्रहरी दिवसकै अवसरमा प्रहरीलाई विभिन्न क्षेत्रमा सहयोग गर्ने विभिन्न संघसंस्था, स्थानीय तह र व्यक्तिहरु पनि कदर पत्रले सम्मान गरिएको थियो । प्रहरी चौकी नरसिंह टप्पु सुनसरीको भवन निर्माणमा योगदान पुर्याउने भोक्राहा नरसिंह गाउँपालिका, लागुऔषध दुव्र्यसन नियन्त्रण अभियानमा योगदान दिएकी ओरेक नेपाल महेन्द्रनगर सुनसरीकी विमला नेपाल,  प्रहरी चौकी निर्माणमा उल्लेखनीय योगदान पुर्याएका धरान १५ का झमकबहादुर बस्नेतलाई पनि कदर पत्र प्रदन गरिएको थियो ।

यसैगरि, पत्रकारिताबाट योगदान पुर्याएका भैरव आङ्ला र महिला बालबालिका पुनस्थापना तथा व्यवस्थापन कार्यमा उल्लेखनीय योगदान पुर्याएको भन्दै माया घर नेपाल इटहरीलाई पनि कदर पत्रले सम्मान गरिएको थियो । सम्मानित सबैलाई प्रमुख अतिथि एवं मेयर तिलक राईले कदर पत्र प्रदान गरेका थिए ।

भिडियो:

  police-day6 1

police-day3

police-day6

police-day13

police-day7

police-day15

police-day12

police-day16

police-day11

police-day23

police-day32

police-day18

police-day22

police-day22

police-day21

police-day14

police-day17

police-day27

police-day31