विराटनगरः नेपालीहरूको महान चाड वडा दशैं २०७८ को अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले शुभकामना व्यक्त गरेका छन् ।

बिहिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गरेका हुन् । मुख्यमन्त्री आचार्यल दशै पर्वले अन्याय, अत्याचारको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताएका छन् । उनले कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती पनि थपिएको भन्दैं महामारीबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न पनि सबैमा आग्रह गरेका छन् । 

‘आफू र आफ्नो परिवारसमेत  सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्वन गरेर मात्र चाड पर्व मनाउन सबैलाई अनुरोध गर्दछु,’सन्देशमा भनिएको छ । दशंैले भिन्न भिन्न जातजाति, भाषा, धर्म एंव सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आफसी भातृत्व कायम गर्न सकोस् भन्ने पनि उनले कामना गरेका छन् । 

dashain-2078