धरान: धरानको वडा नं ४ पत्रङ्गबारी क्षेत्रमा स्थानीयले असुरक्षा महशुस गरेपछि प्रहरी चौकीको माग भएको थियो । स्थानीयको माग अनुसार करिब ३ बर्षअघि अस्थायी प्रहरी चौकी स्थापना भयो, तर प्रहरीको लागि भवन थिए । स्थानीय युवा, समाजसेवी सम्राट क्षेत्रीको घरमा चौकी स्थापना भएर प्रहरी बसेको थियो । 

गाउँमा सुरक्षाको लागि प्रहरी बस्न थालेपछि स्थानीयबासीहरु चौकीको लागि भवन निर्माण गर्न जुटेका थिए । अहिले पत्रङ्गबारीमा अस्थायी प्रहरी चौकीको आफ्नै भवन निर्माण भएको छ । स्थानीयबासी र धरान उपमहानगरपालिकाको सहयोगमा पाँच कोठे अस्थायी प्रहरी चौकीको भवन निर्माण कार्य सम्पन्न भएको हो । उक्त प्रहरी चौकीको शनिबार एक कार्यक्रमबीच धरानका मेयर तिलक राईले उद्घाटन गरेका थिए । 

patrang1

निर्माण समितिका अध्यक्ष टंक राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा विशेष अतिथिमा इलाका प्रहरी कार्यलय धरानका प्रमुख नरेन्द्र कुँवर, वडा नं ४ नम्बर वडा सदस्य धन बहादुर राई अतिथि रहेका थिए । रहनु भएको थियो। भवन निर्माणको लागि  उपमहानगरपालिकाबाट ३ लाख, स्थानीयबासीबाट ४ लाख ७३ हजार ५ सय, जनसहभागीताबाट २ लाख ४० हजार गरि कुल १० लाख १३ हजर ५ सय लागतमा भवन निर्माण भएको हो । भवन निर्माणको लागि स्थानीय नेता, समाजसेवी सम्राट क्षेत्रीले ३ कठा १ धुर जग्गा उपलब्ध गराएका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले जनस्तरबाट प्रहरी चौकी भवन निर्माण हुनु सह्रानीय कार्य भएको बताए । जनसहभागितामा हुने कार्यको लागि उपमहानगरको साथ सधै रहने पनि उनले बताए । धरानका डिएसपी कुँवरले प्रहरी र जनता नङ्ग मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताउदै त्यसको उदारण पत्रङ्गबारीबासी जनताले प्रमाणित गरेको बताए । .निर्माण समितिका संयोजक रानाले अस्थायी प्रहरी चौकी आएदेखि अपराधिक घटना कम भएको र जनताले सुरक्षाको अनुभूति पाएको बताए । 

कार्यक्रममा जग्गादाता सम्राट क्षेत्रीलाई सम्मान पनि गएिको थियाो । मेयर राईले उनलाई सम्मान पत्र प्रदान गरेका थिए । अस्थायी प्रहरी चौकी निर्माण समितीमा अध्यक्ष टंक राना मगर, सचिव गणेश बजगाई, उपध्यक्ष कमला आचर्य, सदस्यहरु बिनोद राई, देव राज दुमी, चन्द्रमान श्रेष्ठ, नवीन कुलुङ, युवाराज कुलुङ्ग रहेका थिए।

patrangbari