धरान: प्रहरी हिरासतमा एक युवकको मृत्यु भएको घटनाले जिल्ला प्रहरी कार्यालय र इनरुवा तनावग्रस्त बनेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका भोक्राहा नरसिंह गाउँपालिका ५ का २५ वर्षे हकिव मियाँ पासो लगाएको अवस्थामा फेला परेका थिए । उनले हिरासतमा गाम्छाले पासो लगाएर आत्महत्या गरेको बताइएको छ । उनको मृत्यु पछि आज बिहानैदेखि स्थानीयबासीले इनरुवा बजार बन्द गरेका छन् भने पूर्व पश्चिम राजमार्ग पनि अवरुद्ध पारेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन पनि भइरहेको छ । 

प्रर्दशनको क्रममा प्रहरी कार्यालयमा ढुंगामुढा भएको थियो । प्रहरीले लाठी चार्ज र अश्रृग्याँस प्रहार गरि भिडलाई तितरवितर पार्ने प्रयास गरेको थियो । प्रहरीले पाशो लगाएर आत्महत्या गरेको दाबी गरेपनि मृतकका आफन्तजनले भने सुनियोजितरुपमा हत्या गरेको आरोप लगाएका छन् । सुनसरी प्रहरीले भने सीसीटीभीमा आत्महत्या गरेको स्पष्ट देखिएको दाबी गरेको छ । 

jilla-police