धरान: धरानका निवार्चित मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदी हुन् । उनीहरुको कार्यकाल सकिन अझै बाँकी नै छ । तर, सोमबार बिहान भने धरान उपमहानगरपालिकामा मेयर र उपमेयर पदमा दुवै थिएनन् । 

धरानको प्रमुखको पदको कुर्सीमा धरान वडा नं ६ की १७ बर्षीया गीता तिरुवा र उपप्रमुखको कुर्सीमा धरान १७ पटनालीकी १६ बर्षीय रेशिका दाहाल थिइन् । उनीहरुलाई मेयर राई र उपमेयर सुवेदीले नै मेयर र उपमेयरको पदस्थापना गरेका थिए । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसर पारेर प्लान इन्टरनेशनल, धरान उपमहानगरपालिका र सामुदायिक समाज उत्थान केन्द्र(सिएसडिसि)को साझेदारीमा नेतृत्व र निर्णय परियोजना अन्तर्गत दुई किसोरीलाई सोमबार धरानको मेयर र उपमेयरको जिम्मेवारी दिइएको थियो । यो अभिनय मात्र नभै वास्तविकतामै उनीहरुलाई उपमहानगरको नेतृत्व हस्तान्तरण गरिएको हो ।

girls-takeover3

गल्र्स टेकओभर नामक कार्यक्रममा जिम्मेवारी वहन गर्दै मेयर तिरुवा र उपमेयर दाहालले सहभागीहरुको प्रश्नको जवाफ पनि दिएका थिए । मेयरको जिम्मेवारी वहन गरेकी तिरुवाले यही आर्थिक बर्ष (आगामी असार)भित्र धरानलाई बालमैत्री नगर घोषणा गर्ने प्रस्तावलाई आगामी कार्यपालिका बैठकमा पेश गर्ने निर्णय गरेकी छिन् । यस्तै, मेयर तिरुवा र तिलक राई दुवैले बालबालिका तथा किसोर किसोरीहरुको इन्टनेट पहुँच र अनलाइन माध्यमबाट  हुनसक्ने दुव्र्यवहार रोकथाम र यसबाट सुरक्षा तथा संरक्षण प्रदान गर्न प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय वालिका दिवसको अवसर पारेर बालिकाहरुको समस्यालाई उनीहरु मार्फत नै उठाउनको लागि यो कार्यक्रम आयोजना गरिएको नेतृत्व र निर्णय परियोजना प्रमुख निशा पराजुलीले बताइन् । यसपाली डिजिटल पुस्ताः हाम्रो पुस्ता नारामा यो दिवस मनाइरहेको र डिजिटल पुस्ताले भोग्नु परिरहेको समस्याहरुलाई उनीहरुले के कसरी समाधान गर्ने, त्यसमा उनीहरुको भुमिका हुनसक्छ भन्ने देखाइएको उनले बताइन् । 


girls-takeover

girls-takeover7

girls-takeover8

girls-takeover6

girls-takeover4

girls-takeover6

girls-takeover1

girls-takeover9

girls-takeover10