धरान: वडा दशैंको कारण धरान क्षेत्रमा असोज २९ र ३० गते फोहोरमैला संकलन कार्य नहुने भएको छ । 

असोज २९ गते शुक्रबार विजया दशमी परेको र भोलीपल्ट असोज ३० गते शनिबार पनि विदा हुने भएकोले फोहोर संकलन कार्य नहुने उपमहानगरपालिकाले जनाएको छ । उक्त दुई दिनमा धरानको मुख्य बजार क्षेत्र तथा उक्त दिनहरुमा रुट पर्ने सबै घरधुरीहरुले फोहोरहरु सडकमा ननिकाल्न र नराख्न पनि उपमहानगरले अनुरोध गरेको छ । 

fohor