धरान: धरानको वडा नं १ का अध्यक्ष रोशन अधिकारीले उडाएको प्याराग्लाइडिङ दुर्घटनाग्रस्त भएको छ । 

आज दिउँसो हावाहुरी चलेको बेला अध्यक्ष अधिकारी प्याराग्लाइडिङमा उडाइरहेका थिए । धरान वडा नं ४ छोटीमोरङबाट उडेको प्याराग्लाइडिङलाई हुरीले हुत्याउदै लगेर कोशी पारी बेलका नगरपालिका क्षेत्रमा पुर्याइएको थियो । घाइते वडा अध्यक्ष अधिकारीको अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनको कम्मरमा गम्भीर चोट लागेको बताइएको छ । 

अध्यक्ष अधिकारीको स्काई एडभेञ्चर प्याराग्लाइडिङ प्रालिले छोटीमोरङबाट व्यवसायिकरुपमा उडान गर्दे आएको छ भने अध्यक्ष अधिकारी स्वयमले पनि सोलो पाइलटको तालिम लिएकोले आफु उड्दै आएका थिए ।