धरान: निरन्तरको बर्षासँगै गएको पहिरोले धरान १३, शिवधारामा एक घर पुरिदा २ जना बच्चा पनि पुरिएका छन् ।

शिवधारास्थित नागेश्वर मार्गमा रहेको निसान राईको घर पहिरोले पुरिएको थियो । पहिरो खसेर घर पुरिदा बच्चाहरु पनि परेका हुन् । अहिले उद्दार कार्य जारी छ । राईका ८ बर्षीया छोरी निसु राई र ४ बर्षीय छोरा निहान राई पुरिएको स्थानीयले जनाएका छन् । हाल २ वटा स्काभेटरले उद्दार कार्य जारी रहेको छ ।