धरान: निरन्तरको बर्षासँगै लेउती खोलामा आएको बाढीले कोशी राजमार्ग अन्तर्गतको धरान–धनकुटा सडकमा क्षति पुगेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ फेदीमा लेउतीको बाढीले करिव ५० मिटर सडक बगाएको हो । सडक डिभिजन कार्यालयका सुपरभाइजर अमृता राईका अनुसार मंगलबार दिउँसो ४ बजेतिर कोशी राजमार्गमा क्षति पुगेको थियो । सडकमा क्षति पुगेसँगै कोशी राजमार्ग अवरुद्ध भएको छ । निरन्तर बर्षा भइरहेकोले मर्मत कार्य पनि प्रभावित भएको छ । राजमार्ग अवरुद्ध भएपछि सयौं गाडीहरु सडकमा रोकिएका छन् । 

तस्बिर स्रोत: रविन कार्की