झापा: प्रहरीले झापाबाट ४ जन जुवाडेलाई तास र नगदसहित पक्राउ गरेको छ । 

झापाको शिवसताक्षी नगरपालिका ९ स्थित जितेन्द्र शाक्यको घरबाट जुवाडेहरु पक्राउ परेका हुन् । प्रहरीका अनुसार स्थानीय ५० बर्षीय अग्नि राई, ४० बर्षीय लाल बहादुर लिम्बु, ४५ बर्षीय मनिष क्षेत्री र ३७ बर्षीय सुरेश लिम्बु रहेका छन् । उनीहरुलाई गए राती ९ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले पक्राउ गरेको हो ।

तास खेलीरहेको अवस्थामा ३ बुङ तास, नगद १ लाख ७३ हजार ५ सय सहित उनीहरुलाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साथै, पक्राउ परेका चारै जनाबारे कानुन बमोजिम कारबाही तथा अनुसन्धान भईरहेको पनि प्रहरीको भनाई छ ।