धरान: ब्राउन सुगर कारोबार गर्ने प्रहरीले इटहरी १४ एकम्बाका एक दम्पत्तीलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा इटहरी १४ एकम्बाका २७ बर्षीय शिवे सरदार र उनको श्रीमति २८ बर्षीय सगुन माझी सरदार रहेकी छिन् । उनीहरुको साथबाट ४१ ग्राम ५९० मिलिग्राम ब्राउन सुगर पनि वरामद भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार इटहरी १७ लवीपुर तरहरा भित्री सडकखण्डमा ब्राउन सुगर बिक्री वितरण भइरहेको सुचना प्रहरीले पाएको थियो । सोही आधारमा ईलाका प्रहरी कार्यालय पकलीको टोलीले शंकास्पद अवस्थामा शिवे सरदारलाई पक्राउ गरेको थियो । उनको साथबाट २ सय मिलिग्राम ब्राउन सुगर वरामद भएको थियो । 

प्रारम्भिक अनुसन्धानको क्रममा शिवेको श्रीमतिले बिक्रीको लागि घरको कोठामा ब्राउन सुगर लुकाई राखेको खुलेको थियो । पछि उनीहरुको कोठाबाट थप ३९ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर प्लाष्टिकको सेटा बट्टाभित्र वरामद भएको सुनसरी प्रहरीले जनाएको छ । यस्तै, निलो धर्का भएको प्लाष्टिकको पोकामा १ ग्राम र अर्को सेतो प्लाष्टिकको पोकामा ६९० मिलिग्राम र ६ वटा सानो प्लाष्टिकको पोकामा क६ सय मिलिग्राम ब्राउन सुगर वरामद भएको जिल्ला प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए । 

प्रहरीका अनुसर ब्राउन सुगरलगायत लागुऔषध कारोबारबाट जम्मा भएको १५ हजार ७१० रुपैया, ब्राउन सुगर नापतौल गर्ने डिजिटल काँटा १ थान पनि वरामद भएको छ । पक्राउ परेका दुवैलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ ।