धरान: बैकिङ कसुर मुद्दामा अदालतबाट कैद र जरिवानाको फैसला गरेपनि फरार रहेकी धरान ३ की एक महिला पक्राउ परेकी छन् । 
प्रहरीले धरान ३ की ३८ बर्षीय रानीकुमारी साहलाई पक्राउ गरेको हो । उनलाई मोरङ उच्च अदालतले २०७६ माघ ६ गते कैद र जरिवानाको फैसला गरेको थियो । प्रहरीका अनुसार अदालतले साहलाई १ महिना कैद र ५ लाख जरिवानाको फैसला गरेको छ । अदालतबाट कैद र जरिवानाको फैसला सुनाए पनि साह भने फरारको सुचीमा थिइन् ।
कैद र जरिवाना बेरुजु रहेकी साहलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयको आर.आइ.टी.बाट खटिएको टोलीले खोजी गरेर पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । साह गाउँघरमा नै लुकेर बसेको अवस्थामा फेला परेको प्रहरीको भनाई छ । उनलाई पक्राउ गरेर सोमबार नै अदालतमा बुझाइएको र सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको पनि प्रहरीले जनाएको छ ।
 
                    _1704867435.jpeg) 
		 
                                        
                                                                                                 
		


 
		 
		 
		 
		



