धरान: सूर्यदेवको उपसाना, आराधाना र पूजा गरि मनाइने छठ पर्वको आज मुख्य दिन हो । आज साँझ ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई पूजा अर्घ दिइ मनाइन्छ। 

भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्ने चलन छ । आज छठ पर्वको मुख्य दिन भएकोले सरकारले सार्वजनिक विदा पनि दिएको छ । सूर्यलाई अर्घ दिनको लागि पोखरी, नदीहरुलाई हिजोदेखि नै सजाइएको छ । पारिवार एवं सन्तानको सुख, समृद्धिको कामना गर्दै छठ पर्व मनाइन्छ । भोली उदाउदो सूर्यलाई अर्घ दिएपछि चार दिनको छठ विधिवत समापन हुन्छ । 

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्दछन्। अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ। धरानमा पनि सेउती र सर्दु खोलामा छठ पूजाको लागि तयारी गरिएको छ । तराईमा धुमधामले मनाइने छठ पछिल्लो बर्षहरुमा धरानलगायत पहाडीमुलका मानिसहरु बसोबास गर्ने क्षेत्रमा पनि मनाउन थालिएको छ । छठ पर्व सद्भावको पर्व बन्दै गएको छ।