धरान: उदाउँदै गरेको सूर्यलाई आज (बिहीबार) बिहान अर्घ दिएपछि छठ पर्व सकिएको छ । 

ब्रतालुहरुले हिजो बुधबार अस्ताउँदै गरेको सूयलाई अर्घ दिएका थिए । आज बिहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै तराई मधेशवासीको यो बर्षको उल्लासपुर्ण चाड छठ  सकिएको छ ।

धरानमा पनि सेउती र सर्दु खोलामा आज बिहान ब्रतालुहरुले उदाउदो सूर्यलाई अर्घ दिएर छठको विधिवतरुपमा समापन गरेका छन् ।