धरान: साविक पाँचकन्या गाविस हाल धरान–६ स्थित पानवारीमा एटिएम सेवा सुरु भएको छ । 

राष्ट्रिय वाणिज्य बैंकको पानवारी शाखाले एटिएम सेवा सञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ३१ गतेदेखि यो बैंकको शाखा पानवारीमा सञ्चालनमा आएको छ । शाखा प्रमुख शिवशंकर लहुटियाका अनुसार ग्रामिण क्षेत्रमा बैंकको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप पानवारीमा बैंकको शाखा स्थापना गरिएको थियो । 

यो बैंकको शाखाले विशेष गरी साना व्यवसायी, कृषक तथा निम्न आय भएका नागरिकलाई सेवा दिदै आएको छ । क वर्गको बैंक पानवारीमा पहिलो पटक राष्ट्रिय वाणिज्य बैंक नै स्थापना भएको हो । अहिले पानवारीमा मितेरी डेभलपमेन्ट बैंक र निर्धन उत्थान लघुवित्त बैंक र प्राइम बैंकका शाखा सञ्चालनमा छन् ।