धरान : धरानमा जारी प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप २०८३ मा एपीएफ क्लब फाइनल प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोलअन्तरले स्तब्ध बनाउदै एपीएफ उपाधी नजिक पुगेको हो ।
प्रतिस्पर्धात्मक खेलमा जर्सी नम्बर ११ की अनिता बस्नेत र जर्सी नम्बर १२ की गीता रानाले एक एक गोल गर्दै एपीएफलाई फाइनल पुर्याए ।
पहिलो हाफको १० औँ मिनेटमा अनिताले उत्कृष्ट गोल गर्दै एपिएफको लागी खाता खोलेकी थिइन् भने ४३औँ मिनेटमा गीता रानाले गोल गर गर्दै एपीएफको अग्रता दोब्बर बनाइन् । दोस्रो हाफमा भने दुबै टोलीबाट गोल हुन सकेन । खेलको प्लेयर अफ दि म्याच एपीएफकी गीता राना घोषित हुदै नगद १० हजार पुरस्कार प्राप्त गरिन्।

एपीएफले बिहीबार हुने दोस्रो तथा अन्तिम सेमिफाइनल खेलको विजेतासङ्ग फाइनलमा स्पर्धा गर्नेछ । बिहिवार नेपाल पुलिस क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरानबीचको दोस्रो सेमिफाइनल खेल हुनेछ ।
डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको रात्रिकालीन प्रतियोगिताको विजेताले ट्रफीसहित नगद पाँच लाख रुपैयाँ र उपविजेताले नगद तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्