धरान: धरानको वडा नं ६, लिम्बूचौरीस्थित एक घरमा आगलागी भएको छ । 

स्थानीय रामबहादुर खड्काको काठको घरमा आगलागी भएको हो । आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगो निभाउन २ वटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयबासीले प्रयास गरिरहेको अस्थायी प्रहरी पोष्ट पानवारीका असई टेकबहादुर गिरीले जानकारी दिए । 

उनका अनुसार काठको घर भएकोले आगो चाडो फैलिएको थियो । घर पुर्णरुपमा क्षति भएको छ । अन्यत्र आगो फैलिन नदिइएको उनले बताए । ‘विजुली सर्ट भएर हो कि भन्ने छ, अहिले पनि हामी यही छौ, क्षति के कति भयो अहिल्यै भन्न सकिदैन,’उनले भने ।