धरान: रोट्रयाक्ट क्लब अफ धरान घोपाले सडक आश्रित धरानका मानिसहरुलाई न्यानो कपडा वितरण गरेको छ । 

जाडो बढ्दै गएपछि सडकमा आश्रय लिएका व्यक्तिहरुको जीवन कष्टकर बन्दै गएको कारण उनीहरुलाई न्यानो कपडा वितरण गरिएको रोट्रयाक्ट क्लब अफ धरान घोपाले जनाएको छ । रोट्रयाक्टले शनिबार 'सेयर द वार्मथ' परियोजना अन्तर्गत जाडोको कपडा वितरण गरेको हो ।

रोट्रयाक्टका अनुसार धरानको बुद्धचौक, भानु चौक, विपि प्रतिष्ठान क्षेत्र लगायत विभिन्न सडक क्षेत्रमा रहदै आएका मानिसहरुलाई कपडा वितरण गरिएको हो । करिब २० जना मलिहा र पुरुषलाई एक जोडी पोशाक, स्वेटर, ज्याकेट, कम्बल, बेडसिट र एक जोडी जुत्ता प्रदान गरिएको रोट्रयाक्टले जनाएको छ । केही थप कपडाहरू पनि फरक रूपमा सक्षम घरूलाई भविष्यमा प्रयोगको लागि प्रदान गरिएको छ । 

कपडाहरुको सङ्कलन विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरू, त्यहाँका बासिन्दा, संकायहरू र  रोटेरियनहरूबाट गरिएको रोट्रयाक्ट क्लबले जनाएको छ । त्यसका लागि संकलन बक्सको उपयोग गरेर लुगाहरु जम्मा गरिएको थियो भने पछि उमेर अनुसार कपडाहरुलाई विभाजन गरिएको थियो । ती सबै लुगाहरुलाई व्यवस्थित रूपमा वितरण गरिएको रोट्रयाक्टले जनाएको छ ।