धरानः धरान आदर्श सेकेण्डरी स्कुलमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । 

स्कुलका कक्षा–१२ विद्यार्थीहरुले कक्षा–११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई एक कार्यक्रम आयोजना गरि स्वागत गरेका हुन् । विद्यालय परिसरमा शुक्रबार दिउँसो स्वागत कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेर मनोरञ्जनसमेत दिलाए । कक्षा १२ का विद्यार्थी अरुण नेपालको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा स्कुलका प्रिन्सिपल लोकेन्द्र श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । 

adarsa1

 विद्यालयका प्रिन्सिपल श्रेष्ठले सबैभन्दा बढी विद्यार्थी धरान आदर्शमा अध्ययन गरिरहेको दाबी गर्दै उत्कृष्ट विद्यालय भएको पनि बताए । नजिता पनि उत्कृष्ट आइरहेको दाबी गर्दै उनले विद्यालयमा अतिरिक्त क्रियाकलाप, खेलकुद गतिविधिमा पनि उत्कृष्ट रहेको उनको भनाई थियो । कार्यक्रममा विक्रम लिम्बू, सुधन लिम्बू, सुधिर तामाङ, नहेम बोगटी, सुजल राई, जेनी चेम्जोङ र विजय दर्नालले गीत प्रस्तुत गरेका थिए भने ममता गुरुङ र सेरिङ भोटेले एकल नृत्य प्रस्तुत गरेका थिए । यस्तै, विद्यार्थीहरुले समुहमा पनि नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा बिशेष अनिथिकोरुपमा एकेडेमिक डाइरेक्टर मोहन पोखरेल, फाइनान्स डाइरेक्टर फडिन्द्र थापा, विज्ञान संकाय संयोजक रामसोभित यादव, पब्लिक रिलेसन निर्देशक रमेश बस्नेत, प्लस टु मेनेजमेन्ट ब्लक को अर्डिनेटर सुशिल घिमिरेलगायत रहेका थिए । विद्यालयका करिब ८ सय विद्यार्थीहरु सहभागी भएको कार्यक्रममा अभिभावक र शिक्षकहरु पनि थिए । 

adarsa5

adarsa2

adarsa4

adarsa3

adarsa6