धरान: कोरोना संक्रमण तीब्ररुपमा बढ्दै गएपछि सुनसरीमा जिल्ला प्रशासन कार्यालयले नयाँ १२ बुँदे आदेश जारी गरेको छ।  

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले डिसिएमसिको मंगलबारको बैठकले गरेको निर्णय अनुसार अर्को सुचना जारी नभएसम्मको लागि आदेश जारी गरेका हुन् । प्रशासनले सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरीलगायत भिडभाड हुने सबै प्रकारका कार्यक्रमहरुमा माघ १५ गतेसम्म सञ्चालनमा पुर्ण रोक लगाएको छ भने माघ मसान्तसम्म सबैप्रकारका आमसभा, जुलुस, सभा वा धेरै मानिसहरु भेला हुने क्रियाकलापहरुमा पनि रोक लगाएको छ ।

सार्वजनिक निकायहरुमा सेवाग्राहीहरुले अनिवार्य खोप लगाएको कार्ड देखाउने व्यवस्था लागु गर्ने पनि प्रशासनको आदेशमा छ भने होटल तथा रेष्टुरेष्टहरुमा खोप कार्डको आधारमा मात्र प्रवेश गर्न दिइनुपर्ने उल्लेख छ । यस्तै, सबै प्रकारका रेष्टुरेष्टहरु राती ९ बजेसम्म मात्र सञ्चालन गर्न सकिने र लाइभ म्युजिक पुर्णरुपमा रोक्का गर्ने पनि आदेशमा उल्लेख छ । 

cdo1

cdo2