मोरङ: मोरङको बेलवारी नगरपालिका ९ डाँगा बजारमा आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोार पक्राउ परेका छन् । 

प्रहरीका अनसार बुबाको हत्या अभियोगमा ३५ बर्षीय जय बहादुर खत्री पक्राउ परेका छन् । उनले बुधवार राती साँढे १० बजे आफ्नै बुबा ८० बर्षीय दल बहादुर खत्रीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बेलवारीका अनुसार मादक पदार्थ सेवन गरेर आएका खत्री र उनको बुबाको घरायसी बिषयमा विवाद भएको थियो ।

सोही विवादको क्रममा रिसको आवेगमा घाँटी थिच्दा बुबा दल बहादुरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा पक्राउ परेका जयबहादुरको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।