मोरङ: मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलियास्थित श्रेष्ठ होटल एण्ड फेमेली होटलमा सामुहिक बलात्कार गरेको घटनामा होटल संचालक सहित ३ जनालाई पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । 

 पक्राउ पर्नेमा होटल सञ्चालक ३५ बर्षीय अर्जुन कुमार श्रेष्ठ, २५ बर्षीय सुरज श्रेष्ठ र झापा मेचीनगर नगरपालिका ३ का २५ बर्षीय राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जी रहेका छन् । उनीहरुले माघ ७ गते राती इटहरीबाट घर फर्कने क्रममा बहिनी घर जाने बाटो भुलेपछि पुर्याइदिने वहानामा होटलमा लगेर जर्बजस्ती करणी गरेका थिए । 

पीडित महिला बेलुका साढे ५ बजे घर फर्कने क्रममा गछिया खोलाको पुल नजिकबाट अलमलमा परेकी थिइन् । त्यसैक्रममा बहिनीको घरमा पुर्याइदिने भन्दै गाडीमा चढाएर उक्त होटलमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त घटना भोलीपल्ट दिउँसो मात्र प्रहरीले थाह पाएको थियो । घटनाबारे जानकारी पाएलगत्तै ईलाका प्रहरी कार्यालय बेलबारीले तत्काल होटल सञ्चालक अर्जुन र सुरजलाई नियन्त्रणमा लिएको थियो । 

फरार रहेका राम वहादुर नेपाली भन्ने सुधान्सु दर्जीलाई भने गत ११ गते ईलाम सुर्योदय नगरपालिका १२ तिनघरेमा लुकेर बसेको अवस्थामा १ नं प्रदेश प्रहरी कार्यालय आरआईटी र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनामाथि जबरजस्ती करणी मुद्दामा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।