धरान: प्रहरीले धरानको विभिन्न ठाउँबाट ब्राउन सुगरसहित ७ जना पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ । 

प्रहरीका अनुसार संघीय प्रहरी ईकाई कार्यालय धरान र ईलाकाको टोलीले हिजो बेलुका करिब ५ बजे धरान १३ शिवधारा बेसक्याम्प टोलबाट ४ जनालाई ब्राउन सुगरसहित पक्राउ गरेको थियो । बिशेष सुचनाको आधारमा स्थानीय नरेश मगरको घरमा तलासी लिदा काठको पलङमाथि सिरानी मुनि सेतो प्लाष्टिक भित्र लुकाएर राखेको अवस्थामा ब्राउन सुगर र १ थान डिजिटल तराजु फेला परेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार २० ग्राम ब्राउन सुगर वरामद भएको छ । कोठामा रहेकाहरु २९ बर्षीय भरत मगर, २७ बर्षीय ओमप्रकाश लिम्बु, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिर मगर पक्राउ परेको पनि प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग सोधपुछ गर्दा लागुऔषध सेवन गर्ने र बेचबिखन गर्न राखेको खुलेको प्रहरीको भनाई छ । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ वमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

drugs3

यस्तै, संघीय र ईलाका प्रहरीको टोलीले साढे ५ बजे वडा नं १२ स्थित चतरालाइनस्थित उपमहानगरपालिका गेट अगाडिबाट थप एक जना ब्राउन सुगरसहित पक्राउ परेका छन् । शंका लागेर तलासी लिदा पाइन्टको गोजीमा लुकाएको ४ ग्राम ब्राउन सुगर भेटिए धरान वडा नं १९ का २६ बर्षीय जनम मगर पक्राउ परेको प्रहरीले जनाएको छ । प्रारम्भिक सोधपुछ गर्दा उनी पनि लागुऔषध सेवन गर्ने गरेको खुलेको छ भने उक्त ब्राउन सुगर बिक्री गर्न संचय गरेको खुलेको प्रहरीले जनाएको छ । 

drugs4

यसैगरि, प्रहरी टोलीले बेलुकी ६ बजे धरान ३ स्थित भानुस्मृति मार्गमा हिडिरहेका सारन खड्गी ब्राउन सुगरसहित पक्राउ परेका थिए । उनलाई शंका लागेर शरीर खान तलासी गर्दा उनको ट्रयाकको गोजीमा लुकाएर राखेको ब्राउन सुगर भेटिए पछि पक्राउ परेका हुन् । उनको गोजीमा ७ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ। खड्गीलाई सोधपुछ गर्दा उनले धरान ३ का २२ बर्षीय राजिव मगरसँग खरीद गरेको वयान दिएपछि मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई पनि लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

drug2