धरान: तामाङ जातिको पर्व सोनाम ल्होसारको अवसरमा सरकारले भोली बुधबार सार्वजनिक विदा दिएको छ । 

 गृह मन्त्रालयले एक सुचना जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएकोछ । गृहमन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होसारको अवसरमा विदा दिने निर्णय गरेको हो । 

मेयर राईले दिए शुभकामना 

सोनाम ल्होसारको अवसरमा धरानका मेयर तिलक राईले शुभकामना दिएका छन् । यो पर्वले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोको भन्दै मेयर राईले आफ्नो धर्म, सँस्कृति, रितिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्ने पनि विश्वास व्यक्त गरेका छन् ।

कोरोना महामारीको संक्रमणको जोखिमबाट देश मुक्त भइ नसकेको भन्दै मेयर राईले कोभिड संक्रमण धरानमा पनि तिब्र गतिमा देखा परेकोले प्रतिकुल परिस्थितिमा स्वास्थ्य सुरक्षाका आवश्यक उपायहरु अवलम्बन गर्दै पर्व मनाउन पनि आहग्र गरेका छन् । 

mayor-press