धरान: जिल्ला प्रशासन कार्यालय सुनसरीले अर्को आदेश नआएसम्मको लागि १८ बुँदे नयाँ आदेश जारी गरेको छ ।

प्रशासनले भिडभाड हुने आमसभा, जुलुस, मेला, सम्मेलन, जात्रालगायतका भिडभाड हुने कार्यहरुमा लगेको प्रतिबन्धलाई निरन्तरता दिएको छ । तर, कलेज र विद्यालय भने फागुन १ गतेदेखि खोल्न पाइने पनि आदेशमा उल्लेख छ । १२ बर्ष पुरा भएका विद्यार्थीहरुको हकमा नियमित कक्षा सञ्चालन हुनेछ भने १२ बर्ष नपुगेका विद्यार्थीहरुको हकमा भने स्थानीय तहसँगको समन्वयमा विद्यालय व्यवस्थापन समितिले आलोपालो वा सिफ्ट प्रणालीको व्यवस्थापन गर्नुपर्ने भएको छ ।

सपिंग मलहरुमा एक पटकमा ५० जना भन्दा बढी भिड दिन नहुने आदेशमा उल्लेख छ भने पुर्ण खोप लगाएको कार्ड अनिवार्य हुनुपर्ने भनिएको छ । पार्टी प्यालेसमा एक पटकमा क्षमताको ५० प्रतिशत वा बढीमा पुर्ण खोप लगाएका १०० जना नबढ्ने गरि उपस्थित हुन पाउने आदेशमा उल्लेख छ । 

होटल, रेष्टुरेष्ट र क्यासिनो मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइनेछ भने फागुन १ गतेदेखि खेलकुद कार्यक्रम गर्दा कुल दर्शक क्षमताको ५० प्रतिशत भन्दा बढी नहुने गरि पुर्णखोप लगाएका दर्शक उपस्थित गराउन सकिने भएको छ । मठमन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरि एकपटक ५० जना भन्दा बढी नहुने गरि पूजा, ध्यान वा प्रर्थना गर्न पाउने भएको छ । 

cdo

cdo1

cdo2