सुनसरी: गए राती सुनसरीको कोशी गाँउपालिका ६ स्थित पुर्व पश्चिम राजमार्गमा स्कारपियो दुर्घटना भएको छ । 

प्रहरीका अनुसार उक्त दुर्घटनामा स्कारपियोमा सवार १ जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । दुर्घटनामा परी सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका ५ का ५० बर्षीय दिलिप मण्डलको ज्यान गएको छ । यस्तै, कंकालिनी नगरपालिका ५ का  ६० बर्षीय लक्ष्मण साफी, ३६ बर्षीय राजेश मेहता, ४४ बर्षीय राम कुमार रजक, ४८ बर्षीया राम कुमारी देवी रजक र ५० बर्षीय उमेश कुमार साफी घाइते भएका छन् ।

 घाईतेहरुको जिल्ला अस्पताल ईनरुवा सुनसरीमा उपचार भई रहेको प्रहरीले जनाएक्को छ । हिजो राती ९ बजे रोकि राखेको BR- 01-GA - 4483 नम्बरको भारतीय ट्रकसँग पश्चिमबाट पुर्बतर्फ आउदै गरेको प्रदेश नं. २-०१-००१ च ००३१ नम्बरको स्कार्पियो गाडी  ठक्कर खाएको थियो । उक्त ठक्करबाट अनियन्त्रित भएको स्कारपियो पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना ७ ख ५८३ नम्बरको ट्रकमा समेत ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेको ३ वटै सवारी साधन प्रहरी नियन्त्रणमा छ भने थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।